

राष्ट्रपति भण्डारीद्वारा थप तीनवटा विधेयक प्रमाणीकरण

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार तीनवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपतिले बीमासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भई पेश भएको ती विधेयकहरू आइतवार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति जनाइएको छ ।

