सभामुख सापकोटाले सरकारी निवास छाडे, कौशलटारमा बस्ने


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।

लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन ।

आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया