रुमालले हत्कडी छाेपेर विमानस्थलबाटै हिरासत गए सन्दीप


काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि लामिछाने पक्राउ परेका हुन् ।

कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो । पक्राउ परेका सन्दीपले रुमालले हतकडी छोपेका थिए । सेता परिहनमा रहेका उनले अनुहारमा कालो मास्क लगाएका छन् ।

लामिछानेले आज नेपाल आएर प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै आफू बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिने र त्यहीँबाटै प्रहरीसमक्ष समर्पण हुने जानकारी दिएका थिए ।

प्रतिक्रिया