माइत हिँडेकी महिलाको खोलाले बगाएर मृत्यु


गुल्मी – दशैंको टीका थाप्न खोलाले बगाएर मृत्यु भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ५ की ४१ वर्षीय लक्ष्मी कुँवर सोही पालिकाको वडा नम्वर २ को पिपलधारास्थित माइतीमा टीका थाप्न जाने क्रममा अरौदी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

खोलाले बगाएर मृत्यु भएकी कुँवरको शवको स्थलगत मुचुल्का तयार गरी तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।

निरन्तर पानी परेकाले बीच बीचमा सडकहरु अवरुद्ध भएको बताउँदै यादबले शवलाई आज तम्घास ल्याउन नसके बिहीबार बिहानै तम्घासमा ल्याइ पोस्टमार्टम गरिने र आफन्तको जिम्मा लगाइने जानकारी दिए।

प्रतिक्रिया