

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

चितवन – मासु खाँदा घाँटीमा अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे कालिका नगरपालिका-८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीकाे साेमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मासु खाने क्रममा घाँटीमा अड्किएका उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो तर, त्यहाँ पुर्याउनासाथ उनकाे मृत्यु भएको हाे ।
प्रहरीका अनुसार उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

