

लण्डन म्याराथनमा ९१ औं स्थानमा धावक धर्म महर्जन

काठमाडाैं – कीर्तिपुरका धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गरेका छन् ।
उनले २ घण्टा ४७ मिनेट २० सेकेन्डमा पूरा गरेर ४५ वर्ष उमेर समूहमा साे स्थान हासिल गरेका हुन् ।
करिब ४० हजार धावकहरूले भाग लिएकाे साै दाैडकाे खुल्ला समूहमा उनी ६६१औं स्थानमा परेका छन् ।
प्रथम हुने केन्याका आमोस किपृटोले २ घण्टा ४ मिनेट ३९ सेकेन्डमा दाैड सम्पन्न गरेका थिए ।

