मनास्लु हिमपहिरोमा एक बेपत्ता, तीन जनाको उद्धार


गोरखा – मनास्लु हिमपहिरोमा परी एकजना नेपाली नागरिक बेपत्ता भएका छन् । सेभेन सम्मिट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका शेर्पा आइतबार दिउसो साँढे तीन बजेतिर गएको हिमपहिरोमा परी बेपत्ता भएको सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए ।

हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको पूरै पहिचान नखुलेको उनले बताए । उनका अनुसार दोस्रो शिविरबाट आधारशिविरतर्फ फर्कने क्रममा विभिन्न कम्पनीका चारजना हिमपहिरोमा परेका थिए ।

हिमपहिरोमा परी हराएका शेर्पाको साँझ अबेरसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी गरिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । अरु तीनजना सकुशल भेटिएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया