

पीएम कप क्रिकेट: प्रदेश १ सान्त्वना जितसंगै घर फिर्ता

काठमाडौं – मनिष थापाको घातक बलिङमा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले सान्त्वना जित निकालेको छ।
शुक्रबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो। सान्त्वना जित निकालेको प्रदेश–१ ३ खेलमा हार र १ मा जित निकाल्दै २ अंकमा तालिकाको दोस्रो स्थानमा रहँदै घर फर्केको छ।
प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश, ३५ ओभरमा १ सय ५६ रन जोड्दा अलआउट भयो। कर्णालीका विपिन रावलले ४७ रनको महत्वुर्ण योगदान दिए पनि टोलीको हार टार्न भने सकेनन्।

