म असोज २० गते नेपाल आइपुग्छु : सन्दीप लामिछाने


काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को हप्ता नेपाल आईपुग्ने भएका छन् ।

नाबालिगलाई बलात्कारको आरोप लागेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू असोज २० गते नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिस जारी गरिसकेको छ ।

सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने समेत बताएका छन् ।

प्रतिक्रिया