पछिल्लो २४ घण्टामा थप ४५ जना कोरोना संक्रमण


काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ३०७ जनाको पीसीआर र १ हजार ३७१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

उक्त समयमा ७० जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ रहेको छ ।

प्रतिक्रिया