सल्यान जिप दुर्घटना : मृतक ८ जनाकै खुल्यो पहिचान


काठमाडौँ- सल्यानमा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ। बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा जिप चालक कपुरकोट-६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली रहेका छन्।

यस्तै, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट-५ रिमका ३५ वर्षका ललितवली रहेका छन्। दुर्घटनामा घाइते भएका कपुरकोट-६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ।

बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्किँदै गरेको जिप कपुरकोट-३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिपमा चालकसहित ९ जना थिए। जिप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। बाँकेको ढकेरीबाट बिहेबाट फर्कँदै गरेका व्यक्ति दुर्घटनामा परेको बुझिएको छ।

 

प्रतिक्रिया