प्रदेश प्रमुख मिश्रद्वारा दुई विधेयक प्रमाणीकरण


महेन्द्रनगर – मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले दुबै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया