प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा


काठमाडौँ- देशभरको मनसुनमा आंशिक बदली रहेको छ। जसको प्रभावले प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मध्यम वर्षाको सम्भावना  रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले  आवश्यक  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया