

यूरोपमा प्रतिबन्ध झन कडा गर्ने तयारी

काठमाडौं – यूरोपियन यूनियनका कमिश्नर अर्सला भान डेर लिनका अनुसार ईयूमा संक्रमणको खतरा कम भएको छैन । यहि कारणले सीमासंग जोडिएका प्रतिबन्धहरु अब झन् कडा पारिनेछ ।
बुधवार यूरोपीय यूनियनका नेताहरुको मिटिङपछि लिन भन्छिन् –‘अहिले हाम्रो अवस्था निकै कठिन छ । त्यसैले देशहरुबीच लगाइएको प्रतिबन्ध झन् कडा गर्नु आवश्यक छ ।’
‘सबैले देश भित्र पनि कडा रुपमा सावधान रहनका लागि म देशका सबैलाई अपील गर्छु । जसका कारण संक्रमणको स्तरलाई नियन्त्रण गर्न सकियोस् । उनले भनेकी छिन् ।
एजेन्सी

