अण्डमान र निकोबारमा ६.१ म्यागनिच्युडको भूकम्प


एजेन्सी – अण्डमान र निकोबार द्वीपमा शनिबार बिहान भूकम्पको तीब्र झट्का महसुस भएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको तीब्रता ६.१ मापन गरिएको छ । भूकम्पको केन्द्र क्याम्पबेल खाडीबाट ४३१ किलोमिटर टाढा थियो ।

भूकम्पको गहिराई जमिनबाट ७५ किलोमिटर मुनी थियो । भूकम्पको झट्का तीब्र थियो तर यसले कुनै पनि खालको क्षती पुर्याएको खबर छैन ।

चिलीमा पनि भूकम्पको तीब्र झट्का

दक्षिण अमेरिकी देश चिलीमा पनि शनिबार बिहान भूकम्पको झट्का महसुस भएको छ । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान करिब साढे चार बजे आएको हो ।

भूकम्पको केन्द्र धर्तीबाट करिब १० किलोमिटर मुनी थियो । भूकम्पको केन्द्र राजधानी सेन्टियागोको दक्षिण–दक्षिण पूर्वमा करिब ९७९ किलोमिटर टाढा थियो ।

प्रतिक्रिया