न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङ गर्नुपर्ने (सूचनासहित)


काठमाडौँ- न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनहरुलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। आज (८ असोज)देखि फुलपातीसम्म सो व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरेको छ।

कार्यालयले चाडवाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था जारी गरेको जनाएको छ।

हेर्नुस् सूचना:

सूचना !! सूचना!! सूचना!!
नेपालीहरुको महान चाड विजया दशमी २०७९ को पावन अवसरमा समस्त सडक प्रयोगकर्ता दाजुभाई तथा दिदि बहिनिहरुमा सुख, शान्ती, सम्वृद्धिका साथै सवारी दुर्घटना रहित यात्राकालागी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै काठमाण्डौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरि न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पुर्ण (यात्रुवाहक, मालवाहक तथा निजि) चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९।०६।०८ गते देखि फुलपाती सम्म (बिहान १०:०० बजे देखि साझ सवारी चाप सामान्य नहुन्जेल सम्म) ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यबस्था मिलाईएको हुदा यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समय सम्म धैर्यधारण गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन हुन समस्त सवारी चालक तथा सवारी धनिज्यूहरुमा विनम्र अनुरोध गर्दछौं । साथै यस अवधिमा सर्वसाधारणमा पर्न गएको असुविधाकालागी क्षमा प्रार्थी छौं, धन्यवाद।
काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाण्डौं।

 

प्रतिक्रिया