
पौडी खेल्न गएका दुई जना बालक मृत फेला, तीन जना बेपत्ता
बर्दिया – खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बाँसगढि नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको सुक्रवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
स्थानीय ग्यांन नदीमा नुहाउन गएका ती दुवै जना बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोहि खोलाको किनारमा सुक्रबार विहान फेला परेको हो ।
घरबाट समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडि खेल्ने क्रममा डुवेको हुन सक्ने प्रहरी जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।
पौडी खेल्न गएका तीन जना बालक बेपत्ता
तीन जना बालक बेपत्ता भएका छन् । आज (शुक्रबार) खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका हुन् ।
साँझ साढे पाँच बजे चार जना बालक पौडी खेल्न खोलामा गएका थिए । तीमध्ये एक जना बालकको उद्धार गरिएको छ । ती बालकका अनुसार उनीहरु हेटौंडा-१५, फायरलाइनबाट पौडी खेल्न आएका थिए ।
हराइरहेका बालकको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट गएको उद्धार टोलीले खोजी गरिरहेको बताइएको छ । हराएका बालकको पहिचान नखुलेको प्रहरी निरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिए ।



कागजपत्र |
