

एक्सनमा अख्तियार, एकैदिन भ्रष्टाचारविरुद्धका ७ मुद्दा दायर
अख्तियारले शुक्रबारमात्र विभिन्न ७ मुद्दामा २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा एकैदिन २४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विभिन्न मितिमा भ्रष्टाचार गरेको अभियोगमा ६वटा मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालिन नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालउपर राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय, पर्साले दुईवटा लिखत पारित गरी राजश्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय, पर्साका तत्कालिन नायव सुब्बा गुप्ताविरूद्ध रु. १२,३७,९६२।- ढकालविरूद्ध अर्का प्रतिवादी गुप्ताबाट रसिद समेत नभिडाई चलानी बुझी रु. १२,३७,९६२।- सरकारी राजश्व हिनामिना गर्नमा गुप्तालाई मद्दत पुर्यािईको अभियोगमा मुद्दा दायर गरेको हो ।
त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भिम बहादुर खत्री र ना.सु. रुद्रसेन साहुसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्यायई भ्रष्टाचार गरेको सम्बन्धी आरोप(पत्र दायर गरेको छ ।
अख्तियारले जिल्ला बर्दिया, साविक मैनापोखर गा।वि।स। वडा नं। १ हाल बढैयाताल गाउँपालिका वडा नं. ६ मा चिरकु तेलीको नाउँमा २०४३ साल अघी २ बिगाह ६ कट्ठा जग्गा रहेकोमा निजको २०४३ सालमा मृत्यू भई निजको हकखाने कानूनी हकवाला कोही नभई स्थानीय तहको नाउँमा जानुपर्नेमा भुमिसुधार तथा मालपोत कार्यालयको निर्णयबाट व्यक्ति विशेषको नाउँमा दर्ता गरी बिक्री वितरण गरिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा २०४३ सालमा चिरकु तेलीको मृत्यु भई मुलुकी ऐन, द्दण्द्दण् को अपुतालीको महलको १ नं, २ नं र ३ नं तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २३७ वमोजिम निजको अपुताली खुल्ला भई सोही संहिताको दफा २३८ र २३९ बमोजिमको हकवालासमेत नभई सोही संहिताको २३९(१) बमोजिम सो अपुताली सम्बन्धित स्थानीय तहको हुने गरी भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले सोही संहिताको दफा २३९ (७) र (८) बमोजिम हुनेगरी निर्णय गर्नुपर्नेमा सोबमोजिम नगरी सोही संहिताको दफा २५० बमोजिमको हदम्यादसमेत नभएको अवस्थामा बदनियतसाथ कानुनबिपरीत हकवाला कायम गरी जग्गा हालसाविक नामसारी गरी भ्रष्टाचार गरेको कसुरमा संलग्न प्रतिबादीहरुको हकमा निम्न बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
त्यस्तै डिभिजन वन कार्यालय वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्यायई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको छ ।
आयोगले जिल्ला सुर्खेत, सिम्ता गाउँपालिका वडा नं. ३ र ४ मा राजकाँडा कोटेश्वर दरबार निर्माणमा गैरकानूनी लाभ तथा हानी पुर्यााई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल र सहायक वन अधिकृत टेक बहादुर रावल, गोविन्द प्रसाद दाहाल, लोकेन्द्र राना, रुद्र बहादुर बस्नेतलाई ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनसमेत मागदावी लिइएको छ ।
कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर बस्नेत, उपाध्यक्ष ध्रुव कुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमा कुमारी बुढाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
त्यस्तै बाँके जिल्ला, कोहलपुर- ०४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।
आयोगले बाँके जिल्ला, कोहलपुर- ०४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिल माया रानाविरूद्ध रु.१५,०८,६०९।– बिगो कायम गरी कैद सजाय र विगोबमोजिम जरिवाना हुन एवं भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यस्तै आयोगले जिल्ला सप्तारी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवउपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले जिल्ला सप्त्री, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवले घाँस विकास कार्यक्रमको पेश्की लिई घाँस खरिद गर्दा फार्मको संचालकबाट घाँस खरिद गरेवापत घुस चेकमार्फत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पशु विकास अधिकृत शिव नारायण यादवले फार्मबाट जबरजस्ती खाली विल लिई उक्त खाली विलमा घाँस खरिदको नक्कली विवरण भरी खरिद गरिएको भनिएको घाँस कहाँ कसलाई के कसरी वितरण गरेको हो सोको भरपाईसमेत पेश्की फर्छ्यौटको लागि कार्यालयमा पेश गर्न नसकेको, फार्मका संचालकलाई रु. ७०,०००।– मात्र भुक्तानी दिई घाँस खरिद गरेको भनी रु। १,८०,०००।- सरकारी रकम हानिनोक्सानी गरी निज शिव नारायण यादबले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज शिव नारायण यादवलाई रु.१,८०,०००।- ९एक लाख असी हजार रुपैयाँ० बिगो कायम गरी ऐ। ऐनको दफा १७ मा उल्लेख भए वमोजिम ऐ। ऐनको दफा ३ को उपदफा (१) एवं सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सान भएको बिगो निजबाट असुल उपर समेतको सजाय हुन मागदाबी लिइएको छ।
यसैगरी, निज शिव नारायण यादबले फार्मबाट घाँस खरिद गर्दा फार्मका संचालकलाई दवाव र प्रभावमा पारी निजबाट रु. २१,०००।– घुस रिसवतसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकोले निज शिव नारायण यादबले लिएको घुसररिसवत रु.२१,०००।– विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) एवं सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय, विगो बमोजिम जरिवाना र लिइसकेको घुसररिसवत समेत जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम मुद्दा दायर गरेको हो ।
त्यस्तै आयोगले जागिर खानका लागि नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कैलाली जिल्लाको श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह शिक्षक गीता सोडारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका सम्बन्धमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सोडारीले जागिर खानका लागि प्रमाणपत्र नक्कली पेश गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल सरकारलाई हानिनोक्सानी पुर्या उने वदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

