

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौं – काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र मापदण्डविपरीत बनाइएकामध्ये ३९ ठाउँमा डोजर चलाएर अनधिकृत संरचना भत्काएर खाली गरेको छ।
महानगरपालिकाले अनधिकृत संरचना अटाउने अभियमनकै रुपमा अघि बढाइएको छ ।

