

श्रीमतीको हत्या गरि फरार रहेका शेरबहादुर पक्राउ

धनगढी – श्रीमतीको हत्या गरेर फरार रहेका कैलाली गौरीगंगाका शेरबहादुर नाम्जाली मगर पक्राउ परेका छन् ।
कैलालीमा बिहीबार बिहान भएको ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेले शेरबहादुरलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिए । डीएपी पाण्डेकाअनुसार अहिले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ ।
बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । तर, हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । शेरबहादुरकै धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ भने १२ वर्षीय छोरा विजय नाम्जाली समान्य घाइते छन् ।

