मोरङ कारागारमा कैदीको मृत्यु


विराटनगर– मोरङ कारागारमा बुधबार एक कैदीको मृत्यु भएको छ। धनकुटाको शहीदभूमि गाउँपालिका-२ का ४९ वर्षीय कुलबहादुर सार्कीको मृत्यु भएको प्रहरीले बताएको छ।

निमित्त जेलर तुलसीराम भगतका अनुसार दुबै खुट्टा सुन्निने, ज्वरो आउने र मटुको धड्कन बढ्नेजस्ता समस्या सार्कीमा थियो। उपचारका लागि मंगलबार  कोसी अस्पताल भर्ना गरिएको थियो। शव अस्पतालमा राखिएको छ।

लागूऔषध मुद्दामा दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका सार्कीले २०७८ फागुन २६ गतेदेखि कैद भुक्तान गरिरहेको कारागारको रेकर्डमा छ। लागूऔषध मुद्दामा सार्कीलाई जिल्ला अदालत मोरङले २०७६ भदौ ८ गते १ वर्ष ६ महिना कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

प्रतिक्रिया