

अख्तियार प्रमुख आयुक्त राईले बुझाए राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।
बुधबार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन पेस गरेका हुन् ।
आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

