लगातार घटेको शेयरमा सामान्य सुधार, ११ अंकले बढ्दा ७२ करोडको कारोबार


काठमाडाैं – ब्याजदरमा भएको बृद्धिका कारण गत ४ दिनमानै १४३ अंकले घटेको नेप्से सूचकमा बुधबार भने सामान्य सुधार देखिएको छ। बुधबार नेप्से सूचक ११.१९ अंकले बढेर १८४८.८० विन्दुमा पुगेको छ।

यस दिन कारोबार रकममा भने उच्च गिरावट देखिएको छ। मंगलबार १ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ७२ करोड रुपैयाँमा झरेको छ। यस दिन ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३७० कित्ता शेयर कारोबार भएको छ।

बुधबार सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समिट लघुवित्तको ५.७३ प्रतिशत, मैलुङुग खोला जलविद्युतको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.८३ प्रतिशत र लिवर्टी इनर्जीको ३.८० प्रतिशतले बढेको छ।

यता विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.६३ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको ३.१३ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.५५ प्रतिशत, गुँरास लघुवित्तको २.२१ प्रतिशत र स्वाभिमान लघुवित्तको २.१५ प्रतिशतले घटेको छ।

बुधबार नबिल बैंकको सबैभन्दा धेरै ३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको २ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख, अपी पावरको १ करोड ८६ लाख र गोर्खाज फाइनान्सको १ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचकमा उच्च बृद्धि देखिन्छ।

प्रतिक्रिया