टुकुचा खन्दा लक्ष्मी बैंक परिसरमा भेटियो सरकारी गाडी


काठमाडौं – काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन् गर्दै गर्दा लक्ष्मी बैंकको पार्किङबाट पुरानो मोडेलको एक मर्सिडिज सरकारी गाडी फेला परेको छ ।

टुकुचा उत्खननको कार्य जारी राखेको महानगरले मंगलबार लक्ष्मी बैंकको केन्द्रीय कार्यालय रहेको भवनको पार्किङमा पूरानो सेतो प्लेटको सरकारी गाडी फेला परेको हो ।

उक्त गाडी कस्को हो र कहाँबाट आएको हो भन्ने बारेमा अहिलेसम्म केही जानकारी नभएको जनाइएको छ ।

बा.१.झ ६९० को मर्सिडिज कम्पनीको उक्त गाडी अहिले त्यहाँबाट बाहिर निकालिएको छ । उक्त गाडीलाई पार्किङबाट बाहिर निकाल्ने क्रममा पार्किङमा कार्यरत सेक्युरिटि गार्डले छडको प्रयोग गरि नम्बर प्लेट निकालेका थिए ।

उक्त गाडी कवाडीको रुपमा खरिद गरेको र मर्मतका लागि भन्दै त्यहाँबाट बाहिर निकालिएको भनिएको छ ।

प्रतिक्रिया