साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल ३-१ पराजित


काठमाडौं – नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशसँग नेपाल पराजित भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको हो ।

खेलको पहिलो हाफमा बंगलादेशले १३औं मिनेट र ४२औं मिनेटमा गोल गरेको थियो । दोस्रो हाफमा भने नेपालले एक गोल फर्काएको थियो । खेलको ७० औं मिनेटमा नेपालको एक गोलपछि बंगलादेशको २–१ ले अग्रता थियो । पुन गोल गर्दै बंगलादेशले ३-१ अग्रता लिएको थियो ।

साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ ।

 

प्रतिक्रिया