मेस्सीको गोलमा पीएसजीको जित


काठमाडौँ- फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लिओनमाथि १–० गोल अन्तरको जित हात पारेको छ।

आइतबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको पाँचौं मिनेटमा लियोनेल मेस्सीले निर्णायक गोल गरे।

यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले आठ खेलबाट २२ अंक हात पारेको छ। लिगको दोस्रो स्थानमा रहेको मार्सिल्लेले आठ खेलबाट  २० अंक हात पारेको छ।

 

प्रतिक्रिया