

न्याय सेवा आयोगद्वारा निर्वाचन अधिकृतको नाम सिफारिस (सूचीसहित)

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि न्याय सेवा आयोगले अधिकृतको नाम सिफारिस गरेको छ । न्यायपरिषदले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको हो ।
परिषदले थप १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको छ । यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ भने थप २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ ।
परिषदको सिफारिस अनुसार निर्वाचन आयोगले उनीहरुको नियुक्ति गर्नेछ ।

