

कोरोनाको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिट्युटमा आगलागी

काठामाडौं – कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिट्युटमा आगलागी भएको छ। भारतीय संचार माध्यमका अनुसार सिरम इन्स्टिट्युटको पुणे प्लान्टको टर्मिनल १ गेटमा आगलागी जारी छ।
भवनको पाँचौ र छैठौं तलामा आगलागी जारी रहेको बीबीसी हिन्दीले जनाएको छ। हाल आगलागी नियन्त्रणमा लिन १० वटा दमकल तथा दर्जनौं अग्निनियन्त्रक खटाइएको छ।
सिरम इन्स्टिट्युट अफ इन्डियाले अक्सफोर्ड–एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गरिरहेको छ।
सिरम इीन्स्टट्युट विश्वमै सबैभन्दा ठूलो खोप उत्पादन गर्ने कम्पनी हो। भारत मात्र नभएर विश्वका कैयौं देश भ्याक्सिनको लागि यस कम्पनीमा निर्भर छन्।

