
सर्वोच्च जाने तयारी गरेसँगै चोलेन्द्रलाई निवासमै ‘तालाबन्दी’ !
काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका छन् ।
संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् ।
‘म (आज) ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ,’ जबराले भने, ‘तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।’
‘सर्वोच्चको गेटमा कि निवासको गेटमा तालाबन्दी ?’ भन्ने प्रश्नमा उनले आफ्नो निवासमा तालाबन्दी गरेर प्रहरी तैनाथ गरिएको जानकारी दिए ।



कागजपत्र |
