

कमलादीको लक्ष्मी बैङ्क नजिकै महानगरको डोजर, १०/१२ फिट तल भेटियो टुकुचा खोला

काठमाडौँ – अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैङ्क नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ ।
डोजर लगाएर शनिबार खोतल्दा १०र१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जनाएको छ ।
यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन गर्दा टुकुचा खोला फेला परेको थियो ।
केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना जारी पनि गरेको थियो ।

