

केहीलाई ३५ बर्षदेखि आफैं टिको लगाउदै अध्यक्ष बन्ने बानी परेको छ, सडकमा पछारिए : रायमाझी

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रचण्डलाई ३५ बर्षदेखि आफैं टिको लगाउँदै अध्यक्ष बन्ने बानी परेको बताएका छन् । बिहीबार केपी शर्मा ओली निकट प्रेस संगठनको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३५ बर्षदेखि आफैं टिको लगाउने आफैँ अध्यष हुने रोग लागेको बताएका छन् ।
‘केपी ओलीसंग टसन परेपछि अहिले पछारिएर सडकमा पुगेका छन् ।’ उनले भने । जहाजका पुरानो कथा सुनाउँदै उनले भने एउटा सरदार समुन्द्रमा पसेर बच्चा निकालेर आउँछ । सबैले वाह वाह गरर उसको प्रश्ंसा गर्छन् । तर उ माथी आएर कसले धक्का दियो मलाइ भन्छ । उनको अवस्था पनि यस्तै रहेको बताए ।
केपी ओलीको नेकपा सरकारले शान्ति प्रकृयाबाट बाँकी काम पुरा गर्ने र निर्वाचनमा जाने बताए । ‘जनयुद्धका घाइते उपचारको सबै व्यवस्था ओली सरकारले गरिसकेको छ । ‘जनयुद्ध र जनआन्दोलनको लिगेशी अव प्रचण्डसंग रहेन यसको लिगेसी ओली संगै छ किनकी हामी कमान्डर केपी ओलीको नेत्तृव छौं ।’ उनले भने ।

