डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन


काठमाडौं- सात बुँदे माग राख्दै धनगढीमा पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधिसमेत रहनेछन।

डा. केसीको तर्फबाट वार्ता टोलीको संयोजकमा डा. जीवन क्षेत्री रहेका छन्। ओमप्रकाश अर्याल, डा. लिजन महर्जन, प्रितम सुवेदी सदस्य छन्।

 

प्रतिक्रिया