

महिला साफ च्याम्पियनसिपः भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा

काठमाडौं – भुटानलाई फराकिलो अन्तरले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।
बंगलादेशले भुटानलाई ८-० ले पराजित गर्दै २०१६ पछि पहिलोपटक फाइनल प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा ४–० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा ४ गोल थप्दै भुटानमाथि फराकिलो जित दर्ता गरेको हो ।
बंगलादेशलाई फाइनल पुर्याउन कप्तान सबिना खातुनले प्रतियोगिताको दोस्रो ह्याट्रिक गरिन् ।
बंगलादेशसँगको यो हारसँगै पहिलो पटक सेमिफाइनल पुगेको भुटान सेमिफाइनलबाटै बाहिरिएको छ । दशरथ रंगशालामा हुने दोश्रो सेमिफाइनलमा साँझ ५ः३० बजे नेपालले भारतसित खेल्ने छ ।

