

काठमाडौं अब बालेन शाहलाई पृथ्वीनारायण बनाउने धूनमा छः डा. भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगर ताजुबको महानगर भएको बताएका छन् ।
पछिल्लो समय काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहको कार्यलाई महानगरबासीले सकारात्मक लिएको बताउँदै डा. भट्टराईले महानगरबासीले बालेन शाहलाई पृथ्वीनारायण शाह बनाउने अभियानमा लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘काठमाण्डौं ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई वर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनकैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चारसय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ ।

