

गोकर्णेश्वर नगरपालिकाले हटाउन थाल्यो होर्डिङ बोर्ड

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाले सडकपेटीमा रहेका अनधिकृत संरचना र होर्डिङ बोर्ड हटाउन थालेको छ। नगरपालिकाले बिहीबार जोरपाटीको अरब बैंकबाट बोर्ड हटाउन थालेको हो।
नगरपालिकाले अहिले बौद्ध पीपलबोट क्षेत्रको होर्डिङ बोर्डहरू हटाइरहेको छ। नगरप्रमुख दीपककुमार रिसालले हटाउन ९ दिनको म्याद दिए पनि नहटाएपछि नगरपालिकाले हटाउन थालेको जानकारी दिए।
‘सडकपेटी भनेको पैदल हिँड्ने ठाउँ हो तर ओगटेर बोर्ड राख्न थालियो। यसले गर्दा शहर कुरूप बन्यो। त्यसैले हटाउन थालेका हौँ’‚ उनले भने। उनले अनधिकृत संरचना पनि निरन्तर भत्काउँदै जाने बताए। उनले भने,‘यो अभियान निरन्तर चल्छ, कसैलाई छुट हुँदैन‚ भत्काइन्छ।’

