निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान शुरु


काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान शुरु भएको छ। बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका छन्।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो। जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले फागुन १ गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए।

हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावब गरेका छन्। उनले राजनीतिक दलका नेतदेखि आफ्नै सहकर्मी न्यायाधीशलाई पनि विभिन्‍न आरोप लगाएका छन्।

आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आएका छन्। यसअघि बिहीबार समितिले उनले नाम लिएका केही कानून व्यवसायीसँग बिहीबार ५लफल गरेको थियो।

प्रतिक्रिया