


सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिका-२ गिरीघाट नजिकै आज गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् ।
घाइते हुनेमा सुर्खेतकै चौकुने गाउँपालिका-३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका-२ की ३ वर्षीया बालिका मनिषा विक रहेका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पताल सुर्खेतमा भइरहेको छ ।
आज मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यानको ढोका अकस्मात खुल्दा दुई जना भ्यानबाट खसेका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

