
पत्ता लाग्यो हराएको टुकुचा खाेला
काठमाडाैं – हराएको भनिएको टुकुचा खाेला फेला परेको छ । काठमाडाैं महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला फेला पारेको हो । आज बिहीवार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो ।
महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब भएकाे थियो ।
खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो । महानगरले केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो ।
आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए। महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।



कागजपत्र |
