अनशनरत डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै


काठमाडौँ- धनगढीमा सोमबारदेखि २० औं सत्याग्रह सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ।

खानेकुरा नखाएकाले स्वास्थ्यमा समस्या देखिएको सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए। ‘अहिले सुगर धेरै घटेको छ। श्वासप्रश्वासमा पनि बिस्तारै समस्या देखिन थालेको छ। तीन दिनदेखि केही खाने कुरा नखाँदा शरीर एकदमै कमजोर महसुस हुने, मांसपेशी र टाउको दुख्ने लगायत समस्या देखिएका छन्,’ डाक्टर कमरले भने।

स्वास्थ्यमा समस्यापछि कमरले केसीलाई उपचारका लागि सल्लाह दिएका छन्। तर केसीले उपचार लिन अस्वीकार गरेको उनले बताए। मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर आवाज उठाउँदै आइरहेका केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा सोमबारदेखि ७ बुँदे मागसहित अनसन सुरु गरेका छन्।

प्रतिक्रिया