प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न – तपाईंलाई त्यहाँ पुर्‍याउनेका छोराछोरी छन् कि छैनन् ?


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई प्रश्न गरे, उहाँलाई त्यहा पुर्याउने लडाकूका छोरा छोरी छन कि छैनन? ओली समूह निकट नेपाल प्रेस संगठनले राजधानीको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरेको भेलामा बोल्दै उनले यस्तो बताएका थिए ।

प्रचण्डतिर व्यंग गर्दै ओलीले भने, ‘केही मान्छे फिल्म देखाउदैछन । हिरो हुन्छ हिरोनी हुन्छे अथाह प्रेम हुन्छ हिरोनी घाइते हुन्छे हिरो व्याकुल हुन्छ । तर त्यो केही पनि होइन, केही मान्छे त्यसै गरिरहेका छन् । पहिला सन्देश कस्तो हुन्थ्यो भने कुन्ती मोक्तानको गीत जस्तो
आगो बर्बरयो आगो बर्बरायो, परदेशदेखि उनी आउछन् कि क्या हो आगो बर्बरयो ।

२० औं शताब्दी तिब्र बिकाशको बेला थियो दुई पटक किड्नी फेरेको मान्छे चार वटा किड्नी बोकेको मान्छे म तपाईहरुको अगाडि छु । इजरायलमा ५ पटक किड्नी फेरेको मान्छे छन्। आफ्ना २ सहित ७ वटा किड्नी, पेटभरी किड्नी नै किड्नी यस्तो विकास भो स्वास्थ्यमा २० औ शताब्दीमा ।

प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ‘केपी ओलीका सन्तान छैनन् मेरा त छन् । छोरी मेयर बनाउनै पर्यो, ज्वाइलाइ घर किन्दनै पर्यो । म उहाँलाई प्रश्न गर्छु उहाँलाई त्यहा पुर्याउने लडाकूका छोरा छोरी छन कि छैनन ? मलाई ढुक्क छ यो देशका सबै केटाकेटी मेरा छोराछोरी हुन् ।

प्रतिक्रिया