

भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको मृत्यु

नयाँदिल्ली – भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको मृत्यु भएको छ ।
अहमदबादमा निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका र उनीहरुमध्ये सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । मजदुरहरुले लिफ्टबाट सामान ओसार्दै गर्दा चुँडिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ४१ मिटर उचाइबाट मजदुर खसेको यो घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।
The mishap at an under-construction building in Ahmedabad is saddening. Condolences to those who have lost their family members in this mishap. I hope the injured recover soon. The local authorities are providing all possible assistance to those affected: PM @narendramodi
— PMO India (@PMOIndia) September 14, 2022

