
सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ। काठमाडौं उपत्यकाभित्रका वाणिज्य बैंकका शाखाहरुबाट ग्राहकलाई नयाँ नोट उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले भदौ २२ गतेदेखि नयाँ नोट सटही सुविधा दिएको थियो। बैंक तथा वित्तीय संस्थाहरुले बुधबारसम्म पौने ४ अर्ब रुपैयाँ नयाँ नोट सटही गरिसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए।
उनका अनुसार अब सरकारी स्वामित्वका बैंकहरुले बिहीबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही गर्नेछ। निजी बैंकले भने असोज २ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधान दिनेछन्।
यस वर्षको दसैं, तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले १० अर्ब नयाँ नोट सटही गर्ने अनुमान गरेको छ। सर्वसाधारणले असोज ७ गतेसम्म राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट नयाँ नोट सटही गर्न पाउनेछन्।



कागजपत्र |
