सत्यमोहन जोशी अस्वस्थ, घरमै आराम गर्दै


काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनलाई चिसो र पुरानो रोग हर्नियाका कारण खाना खान र सुत्न असहज भएको जनाइएको छ ।

जोशी अस्वस्थ्य भएको खबर आएपछि विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास पुगी जोशीसँग भेटघाट गरेका थिए ।

जोशीले उक्त अवसरमा आफू अझै पनि आँखा देख्ने र कान सुन्ने भएको बताउँदै अस्पताल नजाने बताए ।

जोशी दम्पतीको आजिवन निःशुल्क उपचार गर्दै आएको किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे बिहीबार बिहान जानकारी लिएको पनि पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया