किर्गिजस्तान र ताजिकिस्तानका सीमारक्षकहरूबीच गोली हानाहान


काठमाडाैं – मध्य एसियाली मुलुक किर्गिजस्तान र ताजिकिस्तानका सीमारक्षकहरूले एकअर्कामाथि गोली चलाएको रुसका समाचार संस्थाहरूले खबर दिएका छन् ।

विगत केही वर्षमा दुई देशको सीमामा सानातिना झगडा हुने गरेको भए पनि मंगलवार भएको झडप घातक रहेको बताइएको छ ।

किर्गिज सीमा सैनिकहरूका अनुसार, ताजिक रक्षकहरूलाई सीमामा भिडन्तको पोजिसनमा नबस्न आग्रह गर्दा उनीहरूले गोली चलाएका थिए । त्यसको प्रतिक्रियामा किर्गिज गार्डहरूले पनि गोली चलाएको रुसको आरआईए समाचार संस्थाले खबर दिएको छ ।

प्रतिक्रिया