काठमाडौँदेखि जापान उडेको जहाजभित्र धुवाँ देखिएपछि. . .


काठमाडौं- काठमाडौंबाट जापान लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ ।
गएराति ११ बजे उडेको जहाज उडान भरेको आधा घण्टामै फर्किएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।

जहाजमा १८४ यात्रु सवार थिए। जहाजमा सवार यात्रुलाई सिनामंगलमा रहेको एयरपोर्ट होटलमा राखिएको छ ।
विमान मर्मतपछि सोही विमानमार्फत आज जापान लैजाने तयारी छ ।

 

प्रतिक्रिया