


चोलेन्द्रले ‘पोलेका’ आरोपितलाई बोलाउने समितिको निर्णय

काठमाडौं – प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई बोलाउने भएको छ ।
समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार चोलेन्द्रले बयानका क्रममा आरोप लगाएका वा पोलेका व्यक्तिहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
महाअभियोग सिफारिस समितिले पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने गरि निर्णय भएको जनाइएको छ ।
आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए ।

