
राष्ट्रपति भण्डारी र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
एक घण्टा भन्दा बढी समय भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
भेटमा पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकबारे पनि छलफल भएको बताइएको छ । नागरिकता विधेयकको विषयमा थापाले राष्ट्रपतिले चालेको कदमको पक्षमा आफूलाई उभ्याएका छन् ।



कागजपत्र |
