धनगढीको धर्मशालामा डा. केसीकाे सत्याग्रह सुरु


धनगढी – चिकित्सक डा.गोविन्द केसीले धनगढीमा सत्याग्रह सुरु गरेका छन् ।

धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ७ बुँदे माग राख्दै आमरण अनसन सुरु गरेका हुन् ।

उनले सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्ने लगायतका माग राखेका छन् ।

माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनले अनसन सुरु गरेका हुन् ।

प्रतिक्रिया