
उच्च पहाड चढ्यो लामखुट्टे, भेटिन थाले डेंगुका बिरामी
कञ्चनपुर- सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगुका बिरामी भेटिएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेंगुको संक्रमण पाइएको हो।
उच्च पहाडी जिल्ला बाजुरामा ८, दार्चुलामा ३६, बझाङमा ८, अछाममा १५ र बैतडीमा ९ जनामा डेंगु संक्रमण देखिएको छ। यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेंगुका बिरामी पाइएका छन्।
जोशीले पहाडी क्षेत्रमा पहिला डेंगु र मलेरियाल रोग सार्ने लामखुट्टे नपाइने गरेको उल्लेख गर्दै सडकको व्यवस्था भएपछि यातायातका साधनको चहलपहलसँगै गर्मी ठाउँका लामखुट्टेसमेत भित्रिन थालेको बताए।
पहाडी क्षेत्रमा विशेषगरी खोँच, उपत्यका, नदी तथा खोलाजस्ता न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने गरेको जोशीको भनाइ छ।



कागजपत्र |
