


नेपाली राष्ट्रिय फुटबल प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् ।
अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका हुन् । उनले आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका छन्।
उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाउदै यो यातामा साथ सर्पोट गर्नेहरुलाई धन्यवादसमेत दिएका छन् ।

